आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

बाइडेनले पाए चीनको साथ, ट्रम्पलाई तनाब

दैनिक नेपाल २०७७ कार्तिक २९ गते १०:५९

बेइजिङ, २९ कात्तिक । चीनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई तथा शुभकामना दिएको छ ।

मौनता तोड्दै चीनले जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार भनेका छन्, ‘हामी अमेरिकी नागरिकको छनौटलाई सम्मान गर्छौँ । हामी बाइडेन र ह्यारिसलाई बधाई दिन चाहन्छौँ ।’

अमेरिका–चीनको सम्बन्ध दुवै देशका लागि महत्वपूर्ण छ र बिस्तारित विश्वका लागि पनि । तर पछिल्लो समय व्यापार, निगरानी तथा कोरोना भाइरसको महामारीलाई लिएर अमेरिका र चीनबिचको सम्बन्धमा तनाव छ ।

रुसले अहिलेसम्म बाइडेन र ह्यारिसलाई बधाई दिएको छैन । चार वर्ष पहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डोनाल्ड ट्रम्प निर्वाचित हुँदा बधाई दिने विश्वका पहिलो नेतामध्ये थिए । यो पटक भने पुटिनले ट्वीट, टेलिफोन वा टेलिग्राममार्फत बधाई दिएका छैनन् ।

रुसी प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारसँग भनेका छन्, ‘औपचारिक चुनावी नतिजा आउँदासम्म पर्खनु उपयुक्त हुने हाम्रो ठम्याई छ ।’

प्रतिक्रिया
सम्बन्धित