शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

भाइटीकामा एनआईसी एशिया बैंकले एक सय रुपियाँ थपेर दक्षिणा दिने

दैनिक नेपाल २०७७ कार्तिक २९ गते १०:४७

काठमाडौं, २९ कात्तिक । एनआईसी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाइटीकाको उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले भाइटीकामा ग्राहकहरूले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रदान गरेमा दक्षिणा रकममा थप रू.१०० बैंकले आफ्नो तर्फबाट प्रदान गरिदिने विज्ञप्तिमार्फत जनाएको छ ।

बैंकमा आबद्ध ग्राहकहरूलाई भाइटीकाको दिनको लागि यो योजना लागू गरिएको छ ।

योजनामा सहभागी हुन न्यूनतम रू. ५०० स्थानान्तरण गर्नुपर्नेछ । यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ३०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् ।

उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित