काठमाडौं, २९ कात्तिक । मौसम पूर्वानुमान महाशाखाले सोमबार हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
शनिबार बिहान देशको पहाडी भू–भागका केहि स्थानहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्यबदली तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।











प्रतिक्रिया