शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

माछापुच्छ्र्रे बैंकको डिजिटल देउसी–भैलो, सर्वोत्कृष्टले ५० हजार रुपैयाँ प्राप्त गर्ने

दैनिक नेपाल २०७७ कार्तिक २८ गते १७:२४

काठमाडौं, २८ कात्तिक । माछापुच्छ्र्रे बैंकले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा डिजिटल देउसी–भैलोको कार्यक्रम आयोजना गरेको छ ।

देउसी भैलोमा सहभागी हुन सहभागीहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देशमुलक देउसी–भैलो गीत भिडियोसहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियोमध्ये सर्वोत्कृष्ट प्रस्तुतीले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले छनोट गर्ने छ ।

सहभागीहरुले बढीमा ३ मिनेटसम्मको भिडियो मंसिर १ गतेसम्ममा पठाइसक्नु पर्ने छ । कोरोना भाइरसको जाखिमले गर्दा अघिल्ला बर्षहरुमा जस्तो घरघरमा गएर देउसी–भैलो खेल्ने अवस्था नरहेकाले आफूसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्र्रे बैंकले उक्त देउसी–भैलो कार्यक्रम सञ्चालनमा ल्याएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित