
काठमाडौं, २८ कात्तिक । सानिमा बैंकले आज शुक्रबार बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा बैंकले रु. १ अर्ब ७८ करोड खुद मुनाफा गरेको थियो ।















प्रतिक्रिया