
काठमाडौं, २८ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान लागेका ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नियमित चेकजाँचका क्रममा उनीहरुको साथबाट ठूलो परिणाममा नेपाली सीम कार्ड भेटिएपछि उनीहरुलाई दुबई जानबाट रोकी प्रहरीको जिम्मा लगाइएको हो ।
ई ४८९८२२६२, ईएफ ६०९७७१५ र ईडी ८३३२९१७ नम्बरको राहदानी बाहक क्रमशः लिओ विझी, लिओ जिङसियाङ र डुपेई विमानस्थलबाट प्रहरी नियन्त्रणमा पुगेका हुन् । उनीहरुको साथमा ४२० वटा नेपाली सीम कार्ड बरामद भएको छ ।
लिओको साथबाट १५० वटा एनसेलको सीम कार्ड, १२ वटा रेडमीको मोबाइल, जिङसियाङको साथबाट १०० वटा एनसेलको सीम कार्ड, १४ वटा एमआईको मोबाइल र डुपेईको साथबाट १५० वटा एनसेल र २० वटा स्मार्ट टेलिकमको सिमकार्ड भेटिएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया