२ कार्तिक २०८३, सोमबार

नहरमा कार खस्दा चालकको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २८ कात्तिक । धनुषामा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान जनकपुरधामको मुजेलियामा पुलबाट बा २० च ६८३१ नम्बरको कार नहरमा खस्दा धनुषाधाम नगरपालिका–१९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको छ ।

कार चालक अपांग रहेको र उनको लापरबाहीका कारण दुर्घटना भएको धनुषा ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार चालकको बायाँ हात प्यारालाइज्ड थियो । कार पुलनजिक आइसकेको समयमा फोन आएको र त्यही क्रममा गाडी नियन्त्रण गर्न नसकेपछि दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका चालक शर्माको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।