आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

शुक्रबार सुनको मूल्य बढ्यो, तीन दिनदेखि चाँदीको स्थिर

दैनिक नेपाल २०७७ कार्तिक २८ गते ११:२४

काठमाडौं, २८ कात्तिक । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

केही दिनदेखि घट्दै आएको सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन शुक्रबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तर, सुनको मूल्य घटबढ भइरहेको भए पनि विगत ३ दिनयता चाँदीको मूल्य भने स्थिर रहेको छ ।

महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत मंगलबार एकैपटक ३ हजार ४०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १०० रुपैयाँले वृद्धि भएको थियो । तर, बिहीबार पुनः २०० रुपैयाँले घटेको सुनको मूल्यमा आज शुक्रबार प्रतितोला ५०० रुपैयाँले कमी आएको हो ।

प्रतिक्रिया
सम्बन्धित