शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

घरेलु मैदानमा अर्जेन्टिनालाई झट्का, पाराग्वेले देखायो पावर

दैनिक नेपाल २०७७ कार्तिक २८ गते ८:५६

लण्डन, २८ कात्तिक । विश्वकप फुटबल २०२२ को महादेशीय छनोटमा शुक्रबार अर्जेन्टिना घरेलु मैदानमै बराबरीमा रोकिएको छ।

पाराग्वेसँग १–१ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता पाराग्वेले लिएको थियो ।

पाराग्वेका एन्जेल रोमेरोले २१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । अर्जेन्टिनाका निकोलास इभान गोन्जालेजले ४१ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

५८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेपनि पाराग्वेका खेलाडीले आपत्ति जनाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री–भारको सहायता लिएका थिए ।

मेस्सीले डि बक्समा आएको बललाई पहिलो बार च्यापेर गोल गरेका थिए । भारमा मैदानको मध्य भागबाट बल अगाडि बढाउने क्रममा पाराग्वेका खेलाडीमाथि फल भएको भन्दै निर्णय उल्टिएको थियो ।

अर्जेन्टिनाले जारी छनोटमा चार खेलबाट ८ अंक जोडेको छ । उसले दुई जित र दुई बराबरीको नतिजा निकालेको छ । पाराग्वेको तीन खेलबाट पाँच अंक जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित