६ मंसिर २०८३, आइतबार

बस दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाको सनाखत

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २८ कात्तिक । बैतडीमा बस दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाको पहिचान खुलेको छ ।

दार्चुलाको गन्नादेखि कञ्चनपुर महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।

मृतकमध्य ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृत्यु हुनेमा कन्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको दोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रणबहादुर चन्द रहेका छन ।

दुर्घटनामा नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृत्यु भएका अन्य ३ जनाको भने पहिचान खुल्न सकेको छैन । मृतक मध्य १ जनाको शव डडेल्धुरा अस्पताल र बाँकीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका छन। घाइतेको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भईरहेको प्रहरीले जनाएको छ । केहि घाईतेलाई भने धनगढी रिफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।