आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

सत्ता हस्तान्तरणमा ट्रम्प प्रशासनद्वारा असहयोग

दैनिक नेपाल २०७७ कार्तिक २८ गते ८:२९

न्युयार्क, २८ कात्तिक । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई शपथ अघिको अन्तरिमकालमा सत्ता हस्तान्तरणको प्रक्रिया अन्तर्गत गरिनु पर्ने सहयोग तथा सहकार्य राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरेको छैन ।

पराजित भएका ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै अहिलेसम्म हार स्वीकार गरेका छैनन् ।

उनले धाँधलीको आरोप लगाए पनि कुनै ठोस प्रमाण भने भेटिएको छैन। प्रमाण बिना नै ट्रम्पका पछि रिपब्लिकन पार्टीका अधिकांश नेताहरु लागेका छन् ।

तर बिस्तारै केही रिपब्लिकन नेताहरुले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई साथ दिन थालेका छन् ।

बाइडेनलाई अहिलेसम्म ट्रम्प प्रशासनले कूटनीतिक तथा गुप्तचर जानकारीको ब्रिफिङ्ग दिएको छैन। त्यसको केही रिपब्लिकन नेताहरुले विरोध गरेका छन् ।

पहिले ट्रम्पको धाँधलीको आरोप पछि लागेका माथिल्लो सदन सिनेटको न्यायीक समितिका सभापति लिन्ड्सी ग्राहमले अहिले बाइडेनलाई दैनिक ब्रिफिङ्ग दिइनु पर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित