६ मंसिर २०८३, आइतबार

पाटनको खोड्पेमा बस दुर्घटना, नौ यात्रुको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २८ कात्तिक । बैतडी जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति दुर्घटनामा हुँदा ३४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

सानो घुम्तीबाट बस ६ सय मिटर तल खसको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन ।

मृतकहरूको सनाखत हुन बाँकी छ । मृतकमध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले ९ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जानकारी दिए ।