आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

प्रभु बैंकले ल्यायो क्युआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ व्यवस्था

दैनिक नेपाल २०७७ कार्तिक २७ गते १४:२१

काठमाडौँ, २७ कात्तिक । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्युआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो नेपाली बैंकिङ्ग इतिहासमा नविनतम प्रयोग हो । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्नेको चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुनुहुनेछ ।

बैंकले सञ्चालनमा ल्याएको यस नविनतम सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित