२ कार्तिक २०८३, सोमबार

ट्राफिक जाम कम गर्न प्रधानमन्त्री निवासमै बनाइयो अत्याधुनिक हेलिप्याड

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्रीको सवारीका क्रममा हुने ट्राफिक जाम कम गर्ने अपेक्षासहित बालुवाटारस्थित प्रधानमन्त्री निवासभित्रै अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ ।

नवनिर्मित हेलिप्याडबाट बुधबार पहिलोपटक उडान तथा अवतरण समेत गरिएको छ । बुधबार संखुवासभा जाने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाटै सेनाको हेलिकोप्टरमा गएको र बालुवाटारमै अवतरण गरेको प्रधानमन्त्रीमा प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

सल्लाहकार थापाले नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको बताएका छन् । उक्त हेलिप्याड भर्खरै निर्माण गरिएको पनि उनले बताएका छन् ।

प्रधानमन्त्री निवासमै हेलिप्याड निर्माण भएपछि प्रधानमन्त्रीको यात्राका क्रममा सर्वसाधारणले सडकमा सास्ती खेप्नुनपर्ने बताउँदै थापाले फेसबुकमा लेखेका छन्, ‘अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय बचत हुनाका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सृजना हुने छैन ।’