२ कार्तिक २०८३, सोमबार

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । नेपाली बजारमा सुनको मूल्य बिहीबार पुनः केही घटेको छ ।

मंगलबार एकैपटक ३ हजार ४०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १०० रुपैयाँले वृद्धि भएको थियो । तर, बिहीबार पुनः २०० रुपैयाँले घटेर आज छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।