२ कार्तिक २०८३, सोमबार

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २७ कात्तिक । चितवनस्थित चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ का ४९ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालले बताएको छ । हेटौंडास्थित आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखामा कात्तिक २४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । चितवन मेडिकल कलेजको कोभिड आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो ।