रौतहट, २७ कात्तिक । रौतहटमा विवाहित युवतीको गोली हानी हत्या भएको छ ।
माधवनारायण नगरपालिका–७ लौकाहा टोलका रामअयोध्या साहकी १८ वर्षीया छोरी अमृता कुमारीको अपरिचित समूहले गोली हानेर हत्या गरेको हो ।
बिहीबार राति करीब ११ बजे घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिएका छन । गोली लागेर युवतीको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए ।
विवाहित अमृता कुमारीलाई कसले र किन हत्या गरेको त्यसबारे हालसम्म केही खुल्न सकेको छैन ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । युवतीको हत्या प्रेम सम्बन्धको कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
गत २०७६ फागुनमा युवतीको बिहे सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसँग अमृताको विवाह भएको थियो । असारमा युवती अमृता कुमारीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा बस्दै आएकी थिइन् ।
रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम साहका अनुसार युवतीको हत्यामा संलग्न व्यक्तिहरू पहिचान भइसकेको छ । हाल उनीहरू फरार रहेकाले खोजीकार्य भइरहेको एसपी साहले बताए ।















प्रतिक्रिया