महोत्तरी, २७ कात्तिक । महोत्तरी जिल्लामा सशस्त्र प्रहरीले एकसय दश किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको एकडारा चेक प्वाईन्टले ना३च ९६२४ नं. को पिकअपमा मकवानपुरबाट ल्याएको गाँजा एकडारा गाउँपालिका वडा नं. ३ भटौलियादेखि पश्चिम ( भंगहिया र पूर्व सडक छेउकै आपको बगैँचा नजिक झार्दै गर्दा बुधवार राति पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेड क्वाटर जलसागर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुरेश सापकोटाले बताएका छन् ।
गाँजासंगै मकवानपुरको भीमफेदी गाउँपालिका– २ चुनिया निवासी अमरकुमार थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
थिङले आफू पिकअप धनी रहेको सोधपुछका क्रममा बताएपनि अनुसन्धान पछिमात्र वास्तविकता खुल्ने एसपी सापकोटाले बताए ।
चालक भागेकोले खोजीकार्य भइरहेको सापकोटाले बताए ।
पिकअपभित्र कुखुरा र गाईवस्तुलाई खुवाउन प्रयोग हुने चोकर तीस बोरा रहेको छ । बीच भागमा बोरामा हालेर आठ प्याकेटमा गाजा राखिएको थियो ।
बोराहरू झार्दैै गर्दा एकडारा चेकप्वाईन्टको टोलीले समातेको सापकोटाले बताए । तस्करहरूले पिकअपबाट झारेको केही बोरा लिएर भाग्दै गर्दा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।












प्रतिक्रिया