
धनगढी, २७ कात्तिक । कैलालीको लम्कीचुहा नगरपालिका ३ मा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
बुधबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले करिब ३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन् ।
उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले सेतोपाटीलाई बताए । मोटरसाइकल चालक ३६ वर्षीय प्रेम साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया