८ कार्तिक २०८३, आइतबार

उपप्रधानमन्त्री पोखरेलद्वारा एक्सन रुमको सञ्चालनका लागि कार्ययोजना बनाउन निर्देशन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ कात्तिक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’को निरीक्षण गरेका छन् ।

अवलोकन तथा निरीक्षण पश्चात उपप्रधानमन्त्री पोखरेलले ‘एक्सन रुम’बाट हाल भैरहेका समग्र गतिविधि, सञ्चालनमा देखापरेका समस्या र प्रभावकारी कामका निम्ती तत्काल सुधार गर्नुपर्ने सवालमा चासो व्यक्त गरेका थिए ।

सो अवसरमा उनले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन तथा अन्यदेखा परेका समस्या समाधानका लागि एक्सन रुमको उपयोग गरिने बताए ।

साथै, सम्वन्धित आयोजनाका पदाधिकारीहरुले देखापरेका समस्या समाधान गर्नलाई यस मार्फत प्रभावकारी कार्यान्वयनमा ल्याइने जानकारी उनले गरेका थिए ।

‘नतिजामुखि परिणाम दिनेगरी तत्काल समस्या समस्याहरुको समाधानसहित एक्सन रुमको प्रभावकारी सञ्चालन गर्नेका लागि कार्ययोजना बनाउनुस्’ उनले कर्मचारीलार्इ निर्देशन दिदैं भने ।

उक्त अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्र्तगतको नतिजा व्यवस्थापन क्षेत्र हेर्न सचिव डा.तिर्थ ढकालले ‘एक्सन रुम’को बारेमा जानकारी गराएका थिए ।