बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

ओपोद्वारा उपभोक्तामा जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चालन

दैनिक नेपाल २०७७ कार्तिक २६ गते १४:४७

काठमाडौँ, २६ कात्तिक । वैश्विकस्तरमै अग्रणी प्राविधिक ब्राण्ड ओपोले आफ्ना उपभोक्ता माझ आफ्ना ह्याण्डसेट्स तथा उपकरणलाई पृथक बनाउन सघाउने विभिन्न पक्षका बारेमा जानकारी प्रस्तुत गर्दै जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चालनमा ल्याएको छ ।

नोवेम्बर महिना भरी सञ्चालन हुने उक्त क्याम्पेन अन्तर्गत ओपोले आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म मार्फत ब्राण्ड तथा गुणस्तरका बारेमा जानकारी दिने विभिन्न भिडियोहरु सार्वजनिक गर्नेछ ।

उपभोक्तालाई भिडियो मार्फत उपकरणहरुको निर्माण प्रक्रियाका बारेमा जानकारी दिने प्रयास गरिने कम्पनीले जानकारी दिएको छ । डक्यूमेन्ट्रि झैँ लाग्ने यी भिडियोहरुमा गुणस्तर पस्कन सरलता प्रतिको ब्राण्डको केन्द्रिकरण र दृढता प्रस्तुत गरिएको छ ।

साथै, ब्राण्डले ओपो क्वालिटी मोमेन्ट क्याम्पेनको आयोजना गर्ने तयारी पनि गरेको छ । क्यामेन मार्फत ओपोले आफ्ना उपभोक्तासँग ओपो र तिनका बिचका क्वालिटी मोमेन्ट स्टोरिज वाकमेन्टका रुपमा पोष्ट गर्न अनुरोध गरेको छ ।

ओपो क्वालिटी मोमेन्ट क्याम्पेनः

उपभोक्ताका अनुभव र प्रतिक्रिया सुन्दै प्रयोगकर्तालाई अग्रपंक्तिमा राख्ने कम्पनीका रुपमा ओपोले आफ्ना आउँदा स्थानिय रणनीति निर्माण गर्नुका साथै आफ्ना उत्पादन तथा सेवाको गुणस्तरमा समेत स्तरोन्नती गर्ने सोच बनाएको छ ।

यसै उद्देश्य प्राप्तिका लागि कम्पनीले ‘ओपो क्वालिटी मोमेन्ट’ क्याम्पेनको आयोजना गर्ने तयारी गरेको छ । क्याम्पेन मार्फत ओपोले आफ्ना उपभोक्तासँग ओपो र तिनका बीचमा घटित फेवरेट क्वालिटी मोमेन्टलाई स्टोरीजवाकमेन्टका रुपमा ह्याशट्याग :

#OPPOQualityMoments  #OPPONepal.

को प्रयोग गर्दै कमेन्ट सेक्शनमा सेयर गर्न अनुरोध गरेको छ । यसरी प्राप्तप्रतिक्रिया मध्यबाट ओपोले तीनउत्कृष्ट कथाको छनोट गर्दै तिनलाई आकर्षक गिफ्ट ह्याम्पियर प्रदानगरिने जानकारी दिएको छ ।

URL : https://facebook.com/1717940415125496/posts/2693134970939364/

उत्कृष्टताको चाहना र गुणस्तर प्रतिको दृढता:

ओपोले बनफनलाई ब्राण्डको अभिन्न परम्पराका रुपमा आत्मसात गरेको छ, यसैले कम्पनीले निरन्तर नवप्रवर्तनका लागि उत्प्रेरित गरिरहने कम्पनीको भनाइ छ ।

डिजाइनदेखि, प्रविधि, सफ्टवेयर वा हार्डवेयर, उपकरणका हरेक पाटोको विकासका लागि प्रयोगकर्ताका मागलाई पहिलो प्राथमिकतामा राख्नु र उत्कृष्टताको चाहना र गुणस्तर प्रतिको दृढतााले ओपोलाई पूर्णताको नजिक पुग्न पनि उत्तिकै सघाव मिलेको छ ।

प्रयोगकर्ताका आवश्यकतालाई विशेष प्राथमिकतामा राखिएको डिजाइनका बारेमा बोल्दै एफसिरिजका वरिष्ठ स्ट्रक्चर ईञ्जिनियर साम चेनले भने, ‘प्रयोगकर्ताहरुले अधिकांश समय अल्ट्रा-थिन (अत्यधिकपातलो) र अल्ट्रा लाइट (हल्का) ह्याण्डसेटका लागि अनुरोध गर्छन् । हाम्रो मूल उद्देश्य भनेको उहाँहरुको माग सम्बोधन गर्दै स्मार्टफोनको टिकाउपनको सुनिश्चितता दिनु हो । यसका लागि हामी निरन्तर ट्रायल प्रडक्शनका साथै रिपिटेड कम्पेरिजन तथा भेरिफिकेशनको प्रक्रिया अपनाउछौँ । त्यसैगरी, उपकरणको गुणस्तरमा सुनिश्चितताका लागि पर्याप्त मात्रामा सफ्ट प्रेसर परिक्षण पनि गर्छौँ । ४० हजार मा १ सम्भावना बोकेका त्रुटीका लागि समेत उपभोक्ताको पूर्ण सन्तुष्टिलाई विशेष प्राथमिकतामा राख्दै हामीले प्रविधिका प्रयोग मार्फत समाधान उपलब्ध गराउने गर्छौँ ।’

कम्पनीकाअनुसार आफ्ना कुनैपनि उत्पादन परिक्षणदेखि वृहत उत्पादनसम्म पुग्न १३० भिन्न प्रकारका परिक्षणका चरणबाट गुज्रिनु पर्छ ।

यसमा पनि उत्पादनको टिकाउपन, कार्य क्षमता र शक्ति तथा गुणस्तरको सुनिश्चितताका लागि उद्योगकै उच्च मानक सहितको परिक्षणको प्रयोग गरिन्छ । ओपोमा हरेक डिजाइन प्रयोगकर्ता निहित प्राविधिक नवप्रवर्तनका साथमा पूणः परिभाषित गर्ने सोचका साथ गरिन्छ ।

उत्पादनमा परिस्कृतिकरणका साथै ओपोले विक्रि पछिको सेवामा समेत किटाणु शोधन र फ्ल्याशफिक्स सेवाहरुका साथमा अतुलनिय गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ । दक्षिण एशियाली भेगमा सन्तुष्टि दर ९९% हरेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित