६ मंसिर २०८३, आइतबार

बाह्रबिसेमा वडा सदस्यले वृद्ध महिलाहरूको एक हजार पनि खाइदिए

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाह्रबिसे, २६ कात्तिक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–५ का वडा सदस्य रामजित तामाङले बैंकमा खाता खोल्ने भनेर वृद्ध महिलाहरूसँग एक–एक हजार रुपियाँ उठाएर खाइदिएको आरोप लागेको छ ।

वडा सदस्य तामाङले वृद्धाहरूसँग असोज महिनामा खाता खोलिदिने भनेर एक–एक हजार रुपियाँ लगेको आरोप लगोको छ । खाता खोल्ने भनेर वृद्ध महिलाहरूको पैसा खाएको आरोप लागेपछि आरोप लगाउने वृद्ध महिलाहरू, आफन्त र वडा सदस्य तामाङलाई राखेर जनप्रतिनिधिहरूले मंगलबार र बुधबार बाह्रबिसेमा छलफल समेत गरेका छन् ।

वडा सदस्य तामाङले वृद्ध महिलाहरूको खाता बैंकमा खोल्ने भनेर एक हजार रुपियाँ खाइदिएको एक जना वृद्ध महिलाले भिडियोमा भनेकी छिन् । वडा सदस्य तामाङले एनसीसी बैंकमा खाता खोल्ने आश्वासन दिएका थिए । वडा सदस्य तामाङले अहिलेसम्म ती वृद्धाहरूको खाता खोलेका छैनन् ।

वडा सदस्य रामजित तामाङले दावा लामु तामाङ, आइती माया तामाङ, अपाङ्गसमेत रहेका पञ्चसिंह तामाङसँग १–१ हजार रुपियाँका दरले बैंक खाता खोल्ने र खातामा जम्मा गरिदिने भनी असुल गरेको आरोप छ ।

वडा सदस्य तामाङले कनै पनि वृद्धाको खातामा रकम जम्मा गरेका छैनन् ।

वडा सदस्य तामाङले खाता खोल्ने भनेर कसैको पैसा नलिएको दाबी गरेका छन् ।

‘एक जना वृद्ध महिलाको छोरा म्याक्स तामाङले मसँग लगेको एक हजार रुपियाँ उनको आमासँग लिएको हुँ’, वडा सदस्य तामाङले आफूलाई लागेको आरोपबारेमा प्रतिक्रिया दिँदै भने, ‘अरुसँग मैले एक–एक हजार रुपियाँ सापट लिएको थिएँ । उहाँहरूलाई मंगलबार तिरेको छु ।’

जनप्रतिनिधि भएर वृद्ध महिलाहरूको रकम खान मिल्छ ? भनेर सोधिएको जिज्ञासामा नेकपाका वडा सदस्य तामाङले आरोपहरूको खण्डन गरे ।

वृद्ध महिलाहरूसँग खाता खोल्ने भनेर एक–एक हजारका दरले पैसा उठाएका वडा सदस्य तामाङको चर्तिकलाविरुद्ध बाह्रबिसेमा खैलाबैला भएको छ ।