२ कार्तिक २०८३, सोमबार

विहारमा तेजस्वी यादवको पार्टी बन्यो ठूलो, मुख्यमन्त्री नीतिश बन्ने

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पटना, २७ कात्तिक । भारत बिहारको विधानसभा चुनावको नतिजा आएसँगै नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने सम्भावना बलियाे भएको छ ।

भाजपा तथा जनता दल युनाइटेडसहितको एनडीए गठबन्धनले बहुमतको आँकडा पार गरि १२५ सिटमा जित हाँसिल गरेको हो ।

२४३ सिटको बिहार विधानसभामा बहुमतका लागि १२२ सिट चाहिन्छ । तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सहितको महागठबन्धन पछि रह्यो । तर आरजेडी सबैभन्दा ठूलो पार्टी बनेको छ ।

महागठबन्धनले ११० सिटमा जित हाँसिल गर्दा आरजेडीको खातामा ७५ सिट गयो । भजापाले ७४ तथा जेडीयूले ४३ सिटमा जित हाँसिल गरेका छन् ।

जेडीयूको विरोध गरेर विधानसभामा एक्लै चुनाव लडेको चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी) ले मात्रै एक सिटमा जित हाँसिल गरेको छ ।