बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

कतार एयरवेजद्वारा यात्रुहरुको सुविधाका लागि टिकटको थप विकल्प

दैनिक नेपाल २०७७ कार्तिक २५ गते १९:४३

दोहा, २५ कात्तिक । कतार एयरवेजले आफ्ना यात्रुहरुलाई थप सुविधा एवं विकल्प प्रदान गर्ने क्रममा सम्पूर्ण टिकट श्रेणीमा नयाँ एवं सरल टिकट विकल्पहरु ल्याएको छ ।

आजबाट कतार एयरवेजले निम्न ६ श्रेणीमा टिकटहरु वितरण गर्नेछ ।

बिज्नेस क्लासः क्लासिक, कम्फर्ट, इलाइट

इकनमीः क्लासिक, कन्भिनियन्स, कम्फर्ट

विभिन्न प्रकारको टिकट अनुसार यात्रुले विभिन्न सेवा सुविधा प्राप्त गर्नेछन् । जस्तै, इकनमी क्लास टिकट खरिद गर्ने यात्रुले प्रत्येक एक श्रेणी माथिको टिकट खरिदमा थप ५ किलो ब्यागेज आफूसँग लग्न पाउनेछन् ।

इकनमी क्लास कम्फर्ट टिकट खरिद गर्ने यात्रुले थप सुविधा स्वरुप आफूले इच्छाएको सिट छनौट गर्ने पाउनेछन् भने इकनमी कम्फर्ट वा बिज्नेस इलाइट टिकट खरिद गर्ने यात्रुले यात्राको मिति असीमित परिवर्तन र बिना कुनै शुल्क टिकट शुल्क फिर्ताको सुविधा पाउनेछन् ।

त्यसैगरी सबै श्रेणीमा कतार एयरवेज प्रिभिलेज क्लबका सदस्यहरुले थप क्युमाइल्स प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित