
काठमाडौँ, २५ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४ सय २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
संक्रमितमध्ये ६ सय ३ जना महिला र ८ सय १७ जना पुरुष रहेका छन् ।
देशभर मंगलबार थप २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण १ हजार १ सय ४८ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया