
काठमाडौँ, २५ कात्तिक । धादिङ केन्द्रबिन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको छ ।
मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।
भूकम्पको धक्का काठमाडौँमा समेत महसुस भएको थियो ।















प्रतिक्रिया