९ कार्तिक २०८३, सोमबार

थप २२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११ हजार ४८ पुग्यो

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ कात्तिक । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप २२ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।

यससँगै मृतकको संख्या एक हजार १ सय ४८ जना पुगेको छ ।

मंगलबार देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ८ सय ५३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।