९ कार्तिक २०८३, सोमबार

नेकपाको सचिवालय बैठक बोलाउन ओली सहमत

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ कात्तिक । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका छन् ।

पार्टीभित्रको विवादका कारण असोज १९ गतेदेखि बस्न नसकेको सचिवालय बैठक बोलाउन ओली तयार भएका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि वा पर्सि बैठक बोलाउने तयारी गरेसँगै ओली तयार भएको बताइएको छ ।

यसैबीच बैठक राख्न आफू तयार रहेको र विवादका अन्य विषयमा पनि छलफल गरौँ भन्दै फोन गरेपछि प्रचण्ड बालुवाटार पुगेर भेटवार्ता भएको छ ।

भेटमा बैठक बोलाउनेबारे छलफल भएको हो ।