
काठमाडौँ, २५ कात्तिक । नेपालमा थप २ हजार ७ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यससँगै संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ सय ५३ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या १ हजार १ सय ४८ जना पुगेको छ ।















प्रतिक्रिया