बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स् सेवा कुवेतबाट पनि सुरू

दैनिक नेपाल २०७७ कार्तिक २५ गते १५:२२

काठमाडौँ, २५ कात्तिक । इसेवा मनि ट्रान्स्फर र कुवेतकोे ख्याति प्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा सुरू भएको छ ।

यो सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सकिनेछ ।

नगदमा पठाइएको रकम नेपाल भर रहेका ८,००० भन्दा धेरै इसेवा मनि ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एपमार्फत पनि प्राप्त गर्न सकिनेछ । साथै इसेवा वालेटमा पैसा पठाउँदा ७५० फिल्स मात्र सेवा शूल्क लाग्नेछ ।

त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । युएई एक्स्चेञ्जले छिट्टै नै इसेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्नेछ ।

रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरे ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुकोे उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

प्रतिक्रिया
सम्बन्धित