
काठमाडौँ, २५ कात्तिक । मंगलबार भक्तपुरबाट सुसाइड नोट लेखेर बेपत्ता भएका अर्थोडोन्टिस्ट डा.दिगम्बर झा काभ्रेमा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रको अनुसोर काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५५ किलोमा डा. झा फेला परेका हुन् ।
आजै बिहान ५ बजेतिर बा.१६ च. ८६७९ नम्बरको कारमा लिएर घरबाट निस्केका उनी गाडी लुकाएर घोत्लिरहेको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
डा. झा ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन् ।
फेसबुक पेजमा सुसाइड नोट लेखेका उनको बुबासँग राम्रो सम्बन्ध नभएको प्रहरीले जनाएको छ । उनीहरु आफूले सञ्चालन गरेकै क्लिनिकको माथिल्लो तलामा भाडा बस्दै आएका छन् ।















प्रतिक्रिया