
काठमाडौं, २५ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताएका छन् ।
फाल्गुनन्दको १३६औं जन्मजयन्तीका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले फाल्गुनन्दका उपदेश र मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम हुन सक्ने बताएका हुन् ।
शुभकामना सन्देशमा सबैमा उहाँको मार्गदर्शनमा अगाडि बढ्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ । विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले जीवनका सबै समय कुरीति र कुसंस्कारमा जकडिएको समाज सुधारमा खर्चिएको भन्दै मन्त्री भट्टराईले विश्व समुदायको सुधारका लागि उनले पुर्याएका योगदानको स्मरण गरेका छन ।
जीवनको अन्तिम समयसम्म भाषा, संस्कार, संस्कृति, शिक्षा उत्थान तथा समाज सुधारका निम्ति लागेका फाल्गुनन्दले विसं १९८८ मा स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’ को नीति विश्व समुदायले अनुसरण गर्ने गरेको आफ्नो शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन ।
















प्रतिक्रिया