शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

राष्ट्रपति पदबाट हटेपछि यसकारण जेल जान सक्छन् ट्रम्प

दैनिक नेपाल २०७७ कार्तिक २५ गते १४:०५

वाशिङ्टन, २५ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले कठिन परिस्थितिहरुको सामना गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।

अमेरिकी विज्ञहरुका अनुसार उनले जेल सजायसम्मको परिस्थिति सामना गर्नपर्ने अनुमान गरेका छन् । डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालका लागि जित हासिल गर्न असफल भएसँगै उनको बाँकी जीवनबारे अमेरिकी विज्ञहरुले विभिन्न तथ्य र तर्कका आधारमा अनेकन आँकलनहरु हुन थालेका छन् ।

विज्ञहरूकाअनुसार उनको कार्यकालमा कथित घोटालासम्बन्धी अनुसन्धानले पदबाट हटेपछि उनले आपराधिक कारबाहीको अतिरिक्त कठिन आर्थिक अवस्थाको पनि सामना गर्न पर्ने हुनसक्छ ।

अमेरिकामा राष्ट्रपति पदमा बहाल रहेको अवस्थामा अन्य अभियोग लालाग्ने भएकाले उनी पराजित भएसँगै उनले विभिन्न परिस्थितिको सामना गर्नुपर्ने विज्ञहरुले बताएका हुन् ।

पेस विश्वविद्यालयका संवैधानिक कानुनका प्राध्यापक बेनेट गर्शम्यानकाअनुसार ट्रम्पमाथि फौजदारी मुद्दा चलाउने सम्भावना छ । राष्ट्रपति ट्रम्पलाई बैंक धोखाधडी, कर ठगी, चुनावी ठगी जस्ता मुद्दामा चार्ज गर्न सकिन्छ ।

अमेरिकी मिडिया रिपोर्टकाअनुसार ट्रम्पले ठूलो आर्थिक घाटा पनि सामना गर्नुपर्ने छ । यसमा ठूलो मात्रामा निजी ऋण र तिनीहरूको व्यवसायमा कठिनाईहरू समावेश छन् । न्यूयोर्क टाइम्सकाअनुसार ट्रम्पको आगामी चार वर्षमा करिब ५० करोड डलरभन्दा बढी ऋण हुने छ ।

ट्रम्पको आलोचकले राष्ट्रपति पद उनका लागि कानुनी र वित्तीय समस्याहरुमा उनको रक्षाकवच भएको बताएका छन् । यदि, पद नरहे उनको कठिन दिनहरू आउने बताएका छन् ।

ट्रम्पले न्याय विभागमार्फत उनको प्रशासनमा भएका घोटालाहरूको आरोपको अनुसन्धान र यस वर्षको सुरुमा उनीमाथि गरिएको महाभियोगको असफल प्रयासलाई आफूले जितेको भन्दै आफूलाई फसाउन ठूलो षड्यन्त्र भइरहेको बताएका छन् ।

यसअघि उनीमाथि लोकतान्त्रिक बहुमतको प्रतिनिधित्व रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्समा डिसेम्बर २०१९ मा अभियोग चलाइएको थियो तर फेब्रुअरी २०२० मा रिपब्लिकन बहुमतको सिनेटले उनलाई सफाइ दिएको थियो । डोनाल्ड ट्रम्प महाभियोगको सामना गर्ने तेस्रो अमेरिकी राष्ट्रपति हुन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित