२ कार्तिक २०८३, सोमबार

विष्फोटक पदार्थ सहित २ जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २५ कात्तिक । जितपुर सिमरा उपमहानगरपालिका–५ स्थित ललका पुल नजिकबाट प्रहरीले विभिन्न विष्फोटक पदार्थसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा फेटा गाँउपालिका–१ त्रिवेणी बस्ने २८ वर्षीय लालबाबु दास र सोही ठाउँ बस्ने २७ वर्षीय कन्हैया दास रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ४० बण्डल नागिन पटाका, १ किलो ५०० ग्राम विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ र ६ किलो ९०० ग्राम सुहागा जस्तो देखिने सेतो पदार्थ पनि बरामद गरेको छ ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना. ७ ख ६०४१ नम्बरको बसलाई जाँच गर्दा ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनीहरुले बसको डिक्कीभित्र खुर्सानी भएको बोरामा राखी लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर विष्फोटक पदार्थ अन्तर्गत कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।