आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

कोरोनाबाट बच्न मास्क लगाउन जो बाइडेनद्वारा अपील

दैनिक नेपाल २०७७ कार्तिक २५ गते ८:५९

न्युयाेर्क, २५ कात्तिक । राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिकीहरूलाई मास्क लगाउन अपील गरेका छन् ।

तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरस महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी माध्यम रहेको भन्दै सबै अमेरिकीलाई मास्कको प्रयोग गर्न उनले आग्रह गरेका हुन् ।

चुनावी अभियानका क्रममा पनि उनले लगातार मास्क लगाउन आग्रह गर्दै आएका थिए ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्कलाई लिएर सदैव आशंका व्यक्त गर्दै आएका छन् ।

बाइडेनले अमेरिकाले ‘सारै अँध्यारो (भयावह) जाडो याम’ को सामना गरेको र महामारीको अझै खराब लहर आउन बाँकी रहेको भन्दै अमेरिकीलाई सचेत गराएका हुन् । उनले कोभिड–१९ सँग जुध्नका लागि अमेरिकीले राजनीतिलाई पाखा लगाउनु पर्ने बताएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासका लागि राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो टास्क फोर्स घोषणा गरेका छन् र विज्ञानलाई मान्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित