बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

पहिलो त्रैमासमा कामना सेवाका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि

दैनिक नेपाल २०७७ कार्तिक २५ गते ८:३७

काठमाडौं, २५ कात्तिक । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २०.०१ करोड नाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७३ प्रतिशतको वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले गत आ.व.को यसै अवधिमा १.८७ करोड खुद नाफा कमाएको थियो । समीक्षा अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा बढी हो ।

बैंकले गैर सञ्चालन आम्दानी लगायत खुद व्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत उल्लेख्य वृद्धि गर्न सफल भएको कारण बैंकको खुद नाफामा वृद्धि भएको दाबी गरेको छ ।

बैंकले असोज मसान्तसम्म रु ३६ अर्व ७२ करोड निक्षेप संकलन गरी रु २९ अर्व ९३ करोड कर्जा प्रवाह गरेको छ ।

जुन अघिल्लो आ.व.को सोही अवधिको तुलनामा क्रमशः ४४ प्रतिशत र ३६ प्रतिशतको वृद्धि हो ।

बैंकको प्रति शेयर आम्दानी ३१.५१ प्रतिशत छ भने प्रति शेयर नेटवर्थ १२२.६२ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ ।

यस अवधिमा बैंकको आधार दर ९.२८ प्रतिशत, सीसीडी रेसियो ७७.४३ प्रतिशत र पुँजीकोष अनुपात १२.४४ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित