
काठमाडौँ, २४ कात्तिक । सिरहामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा ती पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
कार्यालयका अनुसार मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका १ बिर्ता निबासी ६५ वर्षीय पुरुष रहेका छन् ।
मृतक पुरुष लामो समयदेखि सुगर र किड्नीको बिरामी रहेका थिए । आइसोलेसनमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यससँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।















प्रतिक्रिया