९ कार्तिक २०८३, सोमबार

कुन जिल्लामा छन् हजार र ५ सय बढी कोरोना संक्रमित ?

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ कात्तिक । नेपालमा हाल ३६ हजार १ सय ७४ जना सक्रिय कोरोना संक्रमितहरु रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५ हजार ९ सय २८, ललितपुरमा २ हजार २ सय ५९ र भक्तपुरमा १ हजार १ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार त्यस्तै झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपुर, दाङ र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । हाल मनाङ मात्रै शून्य संक्रमित भएको जिल्ला रहेको छ ।

सक्रिय संक्रमितमध्ये होम आइसोलेशनमा २९ हजार ८३६ जना रहेका छन् भने आईसीयूमा ४११ र भेन्टिलेटरमा ८३ जना रहेका बाँकी संक्रमितको विभिन्न कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित १ लाख ९७ हजार २४ जना संक्रमित भएका छन् भने १ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ ।

यसैगरी हालसम्म कोरोनाबाट ११२६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ ।