९ कार्तिक २०८३, सोमबार

थप १७ सय ९८ ले जिते कोरोना, निको हुनेको संख्या करिब १ लाख ६० हजार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ कात्तिक । नेपालमा गत २४ घण्टामा थप १ हजार ७ सय ९८ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएको जानकारी दिएको छ । योसहित निको हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ । निको हुनेको दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थप २ हजार ५ सय ७१ जना कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या १ हजार १ सय २६ जना पुगेको छ ।