९ कार्तिक २०८३, सोमबार

थप १८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११ सय २६ पुग्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ कात्तिक । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।

यससँगै मृतकको संख्या एक हजार १ सय २६ जना पुगेको छ ।

सोमबार देशभर थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार ७ सय ९८ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।