९ कार्तिक २०८३, सोमबार

सोमबार थप २५ सय ७१ जनामा कोरोना पुष्टि, कति छन् सक्रिय संक्रमित ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ कात्तिक । नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ रहेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ७ सय ९८ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ । निको हुनेको दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या १ हजार १ सय २६ जना पुगेको छ ।