
काठमाडौँ, २४ कात्तिक । संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने निर्णय फिर्ता गर्न निर्देशन दिएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि संसदको राज्यव्यवस्था तथा सुशासन समितिले यस्तो निर्देशन दिएको हो ।
नाम फेर्नुपर्ने आवश्यकता भएपनि संसदबाट निर्णय गराउनुपर्ने बताउँदै समितिको सभापति शशी श्रेष्ठले आवश्यकता नभएको भए नेपाल नै राख्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘‘सरकारले गरेको निर्णयमा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गरेको निर्णयमा विभिन्न कुटनीतिक नियोगबाट हुने पत्राचार र सरकारी लिखितहरुमा औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने गरिएकोमा अब उप्रान्त ‘नेपाल’ मात्रै लेख्ने भनेर भनेकोमा आवश्यकता भए संसदबाट गर्नुपर्छ । नभए फिर्ता गर्नुपर्छ भन्ने सबै माननीयहरुको भनाई रहेकाले त्यो कार्यान्वयन नगर्न निर्देशन दिइन्छ ।’’















प्रतिक्रिया