२ कार्तिक २०८३, सोमबार

जर्ज डब्लु बुसले दिए बाइडेनलाई बधाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, २४ कात्तिक । ह्वाइट हाउस प्रवेश गर्न ४६ औँ राष्ट्रपतिमा निर्वाचित हुने पक्का भएपछि जो बाइडेनले काम सुरु गरिसकेका छन् ।

अहिलेसम्म डाेनाल्ड ट्रम्पले उनलाई जितको बधाई दिन टेलिफोन गरेका छैनन् ।

पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले भने बाइडेनलाई टेलिफोन गरेर बधाई दिएका छन् । बाराक ओबामा भन्दा अघि दुई कार्यकाल ह्वाइट हाउसमा रहेका रिपब्लिकन पूर्व राष्ट्रपति बुसले बाइडेनलाई टेलिफोन गरेर बधाई दिएका हुन् ।

बुसले चुनाव आधारभुत रुपमा पारदर्शी र धाँधली रहित रहेको बताएका छन् । तर कानूनी मार्गमा जान राष्ट्रपति ट्रम्प स्वतन्त्र रहेको बताएका छन् ।

बुसले चुनावको नतिजा स्पष्ट र पारदर्शी रहेको उल्लेख गरेका छन् । बुसले वक्तव्य जारी गरेर बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएको र उनीहरुको नेतृत्वमा देश एकीकृत हुने विश्वास रहेको बताएका छन् ।