२ कार्तिक २०८३, सोमबार

गोर्खा सांस्कृतिक संस्थानद्वारा ‘संस्कृति विशेषांक’ पुस्तक लोकार्पण

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खरसाङ, २३ कात्तिक । दार्जिलिङ पहाडी भेकमा सन् १९९४ देखि सांस्कृतिक जागरणको सचेतना गराउँदै आएको खरसाङको गोर्खा सांस्कृतिक संस्थानले रजत वर्ष पूरा गरेको अवसरमा ‘संस्कृति विशेषांक’ प्रकाशित गरेर लोकार्पण गरेको छ ।

कोरोना भाइरसको महामारीका कारणले नेपाली नयाँ वर्ष पहिला वैशाखमा लकडाउन परेको हुनाले पहिलेको जस्तो भव्य कार्यक्रम हुन सकेन । यसले गर्दा शनिबार ७ नोभेम्बरको दिन खरसाङस्थित चिन्तन भवनमा कोरोनाको संक्रमणलाई ध्यानमा राखेर सामाजिक दुरात्वलाई पालन गर्दै संस्थानको ‘चिन्तन भवन’मा ‘संस्कृति विशेषांक’को लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रममा मुख्य अतिथि दार्जिलिङ पहाडी भेकका सुपरिचित समाजसेवी टीटी लामालगायत विशिष्ट अथिथिहरुका बाहुलाबाट सो पुस्तक लोकार्पण गरिएको आयोजकले बताएको छ ।

संस्थानकी अध्यक्ष आशा मुखिया लामाद्वारा सम्पादित यस पुस्तकमा भारतका विभिन्न ठाउँका लेखकहरुले नेपाली संस्कृतिका बारेमा शोधपूर्ण लेखहरु प्रस्तुत गरेका छन् । ‘संस्कृति विशेषांक’को प्रकाशनमा टीटी लामा, रश्मी राई र देविका मंग्राती राईले विशेष सहयोग पुर्याएको जानकारी कार्यक्रममा जानकारी दिइयो ।

संस्थानले यसअघि पनि सन् १९९७ मा ‘हाम्रो संस्कृति अङ्क १’, ‘हाम्रो संस्कृति अङ्क २’, ‘गोर्खा संस्कृति र साहित्य वर्ष २००४’, प्रतिष्ठित व्यक्तित्व संगालो वर्ष २०११’ प्रकाशित गरिसकेको छ । दार्जिलिङ पहाडी भेकमा मुर्झाउँदै गएको नेपाली लोक संस्कृतिलाई सन् १९९४ देखि गोर्खा सांस्कृतिक संस्थानले जनजागरणद्वारा झरिलो भरिलो बनाउन धेरै ठूलो योगदान पुर्याएको चर्चा कार्यक्रममा भएको थियो ।

संस्थानले गएको २५ वर्षदेखि यस भेकमा संस्कृति विषय विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । संस्थानले ‘चिन्तन’ भवनमा नेपाली संस्कृतिको सङ्ग्रहालय बनाएको छ जुन अहिले प्रारम्भिक स्तर रहेको छ । भविष्यमा सो ठाउँमा ‘गोरखनाथ’को मूर्ति पनि स्थापना गर्ने योजना लिएको बताइएको छ ।