२ कार्तिक २०८३, सोमबार

कोरोना नियन्त्रण र उपचारमा नयाँ नीतिको तयारीमा सरकार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । सरकारले कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि नयाँ नीतिको तयारी गरिरहेको बताइएको छ ।

सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेशसहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बसिरहेको छ ।

बैठकबाट कोरोना महामारीको संकटलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले नयाँ रणनीति ल्याउने बताइएको छ ।