
काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेसको १४औँ महाधिवेशन फागुनमा नहुने निश्चित भएको छ ।
पार्टीभित्रको विवाद समाधानका लागि जारी पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक छलफलका क्रममा शीर्ष नेताहरूबीच फागुनको महाधिवेशन सार्ने सहमति जुटेको हो ।
तर, कहिले गर्ने भन्ने टुंगो लागेको छैन । भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिकामाथि छलफल गर्ने कार्यसूची छ ।
कांग्रेसले आगामी फागुन ७ देखि १० सम्म गर्ने गरी केन्द्रीय महाधिवेशनको कार्यतालिका बनाएको थियो । तर, त्यसअघि पूरा गर्नुपर्ने पूर्वतयारीको काम सुस्त भएपछि तोकिएको समयमा महाधिवेशन हुन नसक्ने निष्कर्षमा नेताहरु पुगेका हुन् ।















प्रतिक्रिया