
काठमाडौं, २३ कात्तिक । शान्ति स्थापनार्थ दक्षिण सुडानको युएन मिसनमा तैनाथ नेपाली सेनाको डफ्फा अदलीबदली भएको छ ।
दक्षिण सुडानमा तैनाथ तारादल गण छैटौं डफ्फा बदली गर्नका लागि आइतबार प्रमुख सेनानी सुशील प्याकुरेलको कमाण्डमा गोरख बहादुर गणको सातौं डफ्फा पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
प्याकुरेलको कमाण्डमा २१३ जना नेपाली शान्ति सैनिक दक्षिण सुडान पठाइएको हो । कोरोना भाइरस ९कोभिड–१९० महामारीको अवस्थामा मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा पालना गरेर बदली गरिएको सेनाले जनाएको छ ।
बदली भएपछि दक्षिण सुडानबाट सेनानी दीपक अर्यालेको कमाण्डमा २११ शान्ति सैनिक सोमबार नेपाल आइपुग्ने छन् ।















प्रतिक्रिया