आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

फेरि उकालो लाग्दै सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

दैनिक नेपाल २०७७ कार्तिक २३ गते ११:१६

काठमाडौं, २३ कात्तिक । साताको पहिलो दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । गत साता शुक्रबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको थियो ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो ।

यस्तै, आज तेजावी सुनको मूल्यल्य ९७ हजार २०० रुपैयाँ रहेको छ भने चाँदीको मूल्यल्य पनि २० रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित