६ मंसिर २०८३, आइतबार

पूर्वसांसद लामाको निधन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २३ कात्तिक । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ ।

दुवै मिर्गौलाले काम गर्न छाडेका लामाको काठमाडौंमा उपचारका क्रममा आइतबार बिहान निधन भएको छोरी श्रमिक लामाले जानकारी दिइन् ।

लामा लामो समयदेखि नेकपा (एमाले)बाट राजनीतिमा सक्रिय रहेका थिए ।

लामापछि अशोक राईसँगै जातीय राजनीतिमा होमिएका छन् । एमालेबाटै २०५६ सालमा उनी मकवानपुर ३ बाट निर्वाचित सांसद हुन् ।

त्यसअघि २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति भएका थिए । मकवानपुर फाखेल निवासी लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए ।