बैतडी, २३ कात्तिक । प्रहरीले भारतसँग सीमा जोडिएको क्षेत्रमा पछिल्लो समयमा गस्ती बढाएको छ ।
सीमा नाका झुलाघाट बन्द रहेको अवस्थामा पनि भारतबाट अवैध रुपमा सामान भित्र्याउने क्रम नरोकिएपछि सीमा क्षेत्रमा गस्ती बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सीमानाका बन्द हुँदा महाकाली नदीमा ट्युबमार्फत भारतीय सामान अवैध रुपमा आउन थालेपछि सीमाक्षेत्रमा गस्ती टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।











प्रतिक्रिया